नेपाली सेनामा खुल्यो जागिर

ओकेखबर संवाददाता २२ मंसिर २०८०, शुक्रबार ०८:५४ मा प्रकाशित ( महिना अघि) २९ पाठक संख्या

काठमाडौं । नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले बाँकी रहेका रिक्त पदमा आज आवेदन माग गरेको हो ।

सेनाका अनुसार प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको हो । सेनाका अनुसार सो पदका लागि योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने छन् ।

जसअनुसार आगामी पुस २१ गतेसम्म सो आवेदन दिइसक्नु पर्नेछ । सो समयसिमाभित्र आवेदन दिन नसकेमा वा नभ्याएमा दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।


सम्बन्धित खबरहरु