एनसेलकाे इन्टरप्राइज भ्यालु ४० करोड डलर : सतिशलाल आचार्य

ओकेखबर संवाददाता २१ मंसिर २०८०, बिहीबार १२:३३ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । एनसेलको शेयर खरिद गरेको बेलायती कम्पनी स्पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत सेयरको मूल्य ४० करोड अमेरिकी डलर भएको बताएको छ। एनसेलको ८० प्रतिशत स्वामित्व किनेको स्पेक्ट्रलाइट यूकेका शेयरधनी सतिशलाल आचार्यका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्ने छ।

जस अनुसार यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै उनले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने बताएका छन्।

एनसेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स ९सेन्ट किट्समा रहको कम्पनी०मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो ।’ र अन्य प्रतिस्पर्धीलाई पन्छाएर स्पेक्ट्रलाइट छानिएको आचार्यको भनाई छ। आचार्यका अनुसार सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।

यसअघि आजियाटाले जारी गरेको विज्ञप्तिमा ६अर्ब ६५ करोड रुपैयाँ बेसप्राइसमा एनसेलको ८० प्रतिशत सेयर किनबेच गर्ने उल्लेख गरिएको थियो । आचार्यले भने बेस प्राइसबाहेक सन् २०२९ सम्ममा एनसेलको आम्दानीको निश्चित लाभांश आजियाटाले पाइराख्ने जानकारी गराएका छन्।

स्पेक्ट्रलाइट युके नेपाली मूलका सतिशलाल आचार्यको कम्पनी हो। विज्ञप्ति मार्फत उनले स्वामित्व खरीदको परिवर्तनकारी सम्झौताले एनसेललाई नेपलाी मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने दाबी गरेका छन्।

 


सम्बन्धित खबरहरु