प्रिती र दिपाले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने

ओकेखबर संवाददाता २१ मंसिर २०८०, बिहीबार ०८:३६ मा प्रकाशित ( महिना अघि) ६६ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र फरवार्ड दिपा शाहीले भारतीय महिला लिग (आईलिग) खेल्ने भएका छन्। दुवै जना पहिलो पटक भारतमा व्यवसायिक फुटबल खेल्न लागेका हुन्।

यी दुई युवा खेलाडीले एउटै क्लब किक स्टार्टबाट यो संस्करणको आई लिग खेल्ने भएका हुन्। डिसेम्बर ८ बाट सुरु हुने प्रतियोगिताका लागि प्रिती र दिपा बिहीबार भारत प्रस्थान गर्नेछन्।

किकस्टार्टले डिसेम्बर ९ मा होप एफसीसँग पहिलो खेल खेल्दैछ। यससँगै यस संस्करणको आई लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या चार पुगेको छ ।

यसअघि गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध भएका थिए ।

अघिल्लो संस्करणमा किक स्टार्टबाटै सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए । दिपाले भने उमेर नपुगेका कारण खेल्न पाएकी थिइनन्।


सम्बन्धित खबरहरु