इलामलाई हराउँदै पोखरा शीर्षस्थानमा

ओकेखबर संवाददाता २१ मंसिर २०८०, बिहीबार ०८:२३ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखराले इलामलाई १–० ले हराएको हो ।

पोखराको जितमा खेलको ४७ औं मिनेटमा सञ्जिव विष्टले गोल गरे। डिबक्स भित्र क्लियर हुन नसकेको बललाई सञ्जिवले पोस्टमा प्रहार गरेका थिए।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्दै खेलमा फर्किएको पोखराले महत्वपुर्ण अंक बटुल्यो। इलामलाई हराएसँगै पोखरा एनएसएलको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले ४ खेलबाट ८ अंक जोडेको छ। इलाम ३ खेलबाट ३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।


सम्बन्धित खबरहरु