आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्च अदालतको आदेश

ओकेखबर संवाददाता २० मंसिर २०८०, बुधबार १७:५५ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरती साह गएको ७ जेठमा आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत फेला परेकी थिइन् । उनका परिवारले आत्महत्या गरेको भन्दै प्रहरीलाई सूचना दिए पनि माइती पक्षले भने हत्या भएको दाबी गर्दै आरतीका ससुरा र श्रीमानविरुद्ध उजुरी दिएका थिए ।

त्यसपछि प्रहरीले मोतीबाबु र उनका बाबुलाई पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे पनि उच्च अदालतले भने उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

त्यसपछि अहिले सर्वोच्च जिल्लाको आदेश सदर गरी उच्चको आदेश बदर गरेको हो । आरतीका बाबुआमाले लामो समयदेखि काठमाडौंको माइतीघरमा धर्ना दिँदै आएका छन् ।


सम्बन्धित खबरहरु