सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन नेपाललाई १२ स्वर्ण

ओकेखबर संवाददाता १७ मंसिर २०८०, आईतवार ०८:१६ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते ।

नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् ।

प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।


सम्बन्धित खबरहरु