पाेखरा र ललितपुरबीचकाे खेल गाेलरहित बराबरीमा सकियाे

ओकेखबर संवाददाता १३ मंसिर २०८०, बुधबार २१:१९ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले केही अवसर बनाए पनि गाेल गर्न सकेनन् । याेसँगै दुवै टाेलीले १/१ अङ्क बाँडेका छन् । दुवै टाेलीले आ–आफ्नाे पहिलाे खेल जितेका थिए । पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो । आजकाे बराबरीसँगै दुवै टाेलीकाे ४/४ अङ्क भएकाे छ ।

प्रतियाेगितामा भाेलि बिहीवार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ ।


सम्बन्धित खबरहरु