आजदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार ०८:१५ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौँमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले बताएका छन् ।

‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौँ उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईले भनेका छन् ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ ।’


सम्बन्धित खबरहरु