घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा ३ वर्षीय बालकको ज्यान गयो

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार १९:४८ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

गुल्मी – गुल्मीमा सुन्तलाको केस्रा अड्किएर तीन वर्षीय बालकको ज्यान गएको छ । सुन्तलाको केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाको दुई वटा केस्रा अड्किएको थियो ।

सुन्तलाको केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेको र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु