उच्च अदालतका ६ जना मुख्य न्यायाधीशले लिए सपथ

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार १९:१३ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौ। उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भएका ६ जनाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा सिफारिस गरेका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वभर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

मुख्य न्यायाधीशको सपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ। उच्च अदालत दिपायका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका निर्पध्वज निरौलाको उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भइसकाले उक्त अदालत बाहेक अरु उच्च अदालतमा पदस्थापन हुनेछ ।


सम्बन्धित खबरहरु