कतारका विदेश राज्यमन्त्री आज नेपाल आउँदै

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार ०८:३९ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आज बिहीवार काठमाडौं आउँदै छन् ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सकेर शुक्रवार काठमाडौंबाट प्रस्थान गर्नेछन् ।


सम्बन्धित खबरहरु