फिफा विश्वकप छनोट : नेपाल र यमन भिड्दै

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार ०८:२८ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । आज नेपाल र यमनबीचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजेदेखि दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ । प्रायः खेल दिउँसो २ बजे वा साँझ ५ बजे हुने भनिए पनि आजको खेल भने साँझ ७ बजे राखिएको हो ।

सबै दर्शकले हेर्न सकुन भनेर साँझ ७ बजे खेल सुरु गर्न लागिएको टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले जानकारी दिएका छन् ।


सम्बन्धित खबरहरु