युराे छनाेटमा पाेर्चुगल र स्पेन विजयी

ओकेखबर संवाददाता १ मंसिर २०८०, शुक्रबार ०९:२६ मा प्रकाशित ( महिना अघि) ६३ पाठक संख्या

एजेन्सी । युरोपियन च्याम्पियनशिप २०२४ को छनोटमा पाेर्चुगल र स्पेन विजयी भएका छन् ।

गए राति भएकाे खेलमा पाेर्चुगलले घरेलु टाेली लिचेस्टाइनलाई २–० गोलले हरायाे । पाेर्चुगलका लागि क्रिस्टियानाे राेनाल्डाेले खेलकाे ४६ र जाओ कान्सेओले ५७ मिनेटमा गाेल गरे । याे गाेलसँगै राेनाल्डाेकाे अन्तर्राष्ट्रिय गाेल सङ्ख्या १ सय २८ पुगेकाे छ ।

पाेर्चुगल यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनाेट भइसकेकाे छ । पाेर्चुगल ९ खेलमा सबै खेल जित्दै २७ अङ्कसहित समूह ‘एच’ काे शीर्षस्थानमा छ । लिचेस्टाइन उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै गए राति नै भएकाे खेलमा स्पेनले साइप्रसलाई ३–१ गोलले हरायो । स्पेनका लागि लामिन यमनले खेलकाे ५, मिकेल ओयारजबलले २२ र जाेसेलुले २३ मिनेटमा गाेल गरे । साइप्रसका लागि काेसतास पिलेसले ७५ मिनेटमा सान्त्वना गाेल गरे ।

स्पेन पनि यसअघि नै युराेपियन च्याम्पियनशिपमा छनोट भइसकेको छ । स्पेन ७ खेलमा १८ अङ्कसहित समूह ‘ए’ शीर्ष स्थानमा छ । साइप्रस उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।


सम्बन्धित खबरहरु