झापामा करेन्ट लागेर दुई मजदुरको मृत्यु

ओकेखबर संवाददाता २२ कार्तिक २०८०, बुधबार ०८:०८ मा प्रकाशित ( महिना अघि) ३५ पाठक संख्या

झापामा भएका दुई छुट्टा छुट्टै घटनामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ। दमक र कन्काइमा भएका भएका दुई घटनामा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दमक ३ धङधङमा निर्माणाधीन पुलमा कार्यरत मजदुर भोजपुरको भोजपुर नगरपालिका-११ का ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी कन्काई नगरपालिका- ६ चप्रामारीमा पनि करेन्ट लागेकार स्थानीय ३६ वर्षीय राम कुमार श्रेष्ठको मृत्यु भएको छ।

स्थानीय हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा रडले विजुलीको तारमा छुदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु