भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको कुनै पनि समस्या छैन: नेपाल टेलिकम

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार १९:०३ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौ। नेपाल दूरसञ्चार कम्पनी ९नेपाल टेलिकम०ले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नरहेको बताएको छ । कात्तिक १७ गते पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्प प्रभावित क्षेत्रमा कुनै पनि समस्या नरहेको टेलिकमले बताएको हो । यद्यपि कतिपय प्रयोगकर्ताहरूले भने नेटवर्कमा समस्या आएको गुनासो गर्दै आएका छन् ।

तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कमा समस्या नरहेको दाबी गरे ।

‘जाजरकोट र पश्चिम रुकुमको कार्यालयसँग निरन्तर सम्पर्कमा छु,’ अधिकारीले भने, ‘भूकम्प जाँदा समस्या आएको फाइबर समेत मर्मत भइसकेको छ ।’ यसबाहेक, त्यस क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको छ ।


सम्बन्धित खबरहरु