सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार ०८:५९ मा प्रकाशित ( महिना अघि) ४९ पाठक संख्या

गाजापट्टी- गाजामा दुई भागमा विभाजन गरिएको भोलिपल्ट सोमबार मात्रै ५ हजार प्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन् ।

इजरायलले आइतबार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरेपछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन् ।

‘इजरायलले सोमबार स्थानीय समय अनुसार १०:०० देखि १४:०० बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो’ संयुक्त राष्ट्रले भन्यो ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जक्सनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्ण परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन्’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ ।

‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनि विभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।


सम्बन्धित खबरहरु