राष्ट्रसंघका महासचिव भन्छन्- गाजा बच्चाहरूको लागि चिहान बन्यो

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार ०८:५० मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

न्यूयोर्क। संयुक्त राष्ट्रसंघले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै गएको बताएका हुन ।

मानवीय दृष्टीकोणले युद्धविराम अति जरुरी भन्दै गुटरेसले गाजापट्टीमा इजरायली हवाइ आक्रमणले पछिल्लो समय भयानक रुपमा सर्वसाधारणको हत्या भइरहेको बताएका हुन्।

मानवीय युद्धविरामका लागि विश्वका कयौं मुलुकहरुले गरेको अपील इजरायलले अस्वीकार गर्दै आएको छ।

इजरायलले गाजापट्टीमा हमासको अखडामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा अहिलेसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

मारिनेमा ४ हजार १ सयभन्दा बढी बालबालिका रहेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयको दावी छ ।


सम्बन्धित खबरहरु