चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार ०८:१४ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । जाजरकोट भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन् ।

यी सामग्री काठमाण्डौ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको पनि राजजूत सङले बताएका छन् ।

चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।


सम्बन्धित खबरहरु