भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:१३ मा प्रकाशित ( महिना अघि) ६९ पाठक संख्या

अभिनेता पल शाहले जाजरकोट भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाई उनले ५० हजार सहयोगको घोषणा गरेका हुन ।

‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालमार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणामा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धी निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

उनले भनेका छन् ” जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भाैतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ( ५०,००० ) हाम्रो टिम नेपालकाे मार्फत सहयोग गरेको छु। हाम्रो टिम राहत र स्वास्थ्य टाेलि सहित जाजरकोट जाँदैछ।धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनकाे ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटाे उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै याे दुखकाे घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु।


सम्बन्धित खबरहरु