जाजरकोटको भुइँचालोमा नलगाड नगरपालिकाका उपप्रमुखको सिंहको मृत्यु

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार ०६:५१ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

जाजरकोट । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसनर सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको हो । उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

नलगाड नगरपालिका(८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ भने १५३ घाइते भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु