दसैँ बिदामा मानव अधिकार आयोग खुला रहने

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १६:३७ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको छ ।

बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु