११ किलो सुन प्रकरण: थप एकजना पक्राउ

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १३:०० मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं। दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप एकजना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरिएको हो । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता ९एसपीं० नवराज अधिकारीका अनुसार न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् ।


सम्बन्धित खबरहरु