त्रिकोणात्मक सिरिज : नेपाल आज हङकङसँग भिड्दै

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार ०७:०३ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । यूएई सम्मिलित टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज बिहीबार नेपाल हङकङसँग भिड्दै छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्ने योजनामा छ।

घरेलु मैदानमा हुने आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ। टी २० आई सिरिजका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित हासिल गरेको छ।

उता हङकङले पछिल्ला ५ खेलमध्य तीन खेलमा हार भोग्दा २ खेलमा विजय प्राप्त गरेको छ। नेपाल र हङकङ बीचको पाँचवटा टी २० आई खेलमा नेपालले तीन खेल जितेको छ। २ खेलमा भने हार भोगेको छ।


सम्बन्धित खबरहरु