ठूलो परिमाणको रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ

ओकेखबर संवाददाता ३० आश्विन २०८०, मंगलवार १६:३५ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणको रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो सिचुआनबाट आई भारतको दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ ३१ लाख ५० हजारबराबर रहेको जनाइएको छ ।


सम्बन्धित खबरहरु