नापी कार्यालय झापाका सर्वेक्षक ठाकुर घुससहित अख्तियारको नियन्त्रणमा

ओकेखबर संवाददाता २९ आश्विन २०८०, सोमबार १९:३२ मा प्रकाशित ( महिना अघि) ५७ पाठक संख्या

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ।

कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीबाट नगद ७० हजार रुपैयाँ र ५५ हजारको रुपैयाँको चेक गरी जम्मा १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको जनाइएको छ।


सम्बन्धित खबरहरु