निर्वाचन बिथोल्ने ११५ पक्राउ, ११ जनाविरुद्ध मुद्दा

ओकेखबर संवाददाता २९ कार्तिक २०७९, मंगलवार ०८:५८ मा प्रकाशित ( साल अघि) १३९ पाठक संख्या

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका छन् । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ । नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् ।

२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

मंसिर ४ को चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध हुनेछ । पहिलो घेरामा नेपाल प्रहरी तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुँदैछन् । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ


सम्बन्धित खबरहरु