विश्वकप क्रिकेटको फाइनल आज : उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

ओकेखबर संवाददाता २७ कार्तिक २०७९, आईतवार ०७:१३ मा प्रकाशित ( साल अघि) १६८ पाठक संख्या

काठमाडौं । टी-२० विश्वकप अन्तर्गत आज फाइनल खेल हुदै छ । फाइनल खेलमा पाकिस्तान र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । फाइनल खेल नेपाली समय अनुसार दिउसो १:४५ बजे देखि शुरु हुने छ ।

पाकिस्तानले सेमिफाइनलमा न्यूजील्याण्डलाई पराजति गर्दै फाइनल पुगेको हो भने इंग्ल्यान्डले भारतलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । इंग्ल्यान्डले अहिलेसम्म एक पटक टी-२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्यान्डले २०१० मा वेस्टइण्डिजमा आयोजित टी-२० विश्वकपको उपाधि जितेको थियो । त्यस्तै २०१६ मा भारतमा आयोजित विश्वकप फाइनलमा वेस्टइण्डिजसँग पराजित हुदै उपविजेता बनेको थियो ।

त्यसैगरी पाकिस्तानले पनि अहिलेसम्म एक पटक टी-२० विश्वकपको उपाधि जितेको छ । २००९ मा इंग्ल्यान्डमा आयोजित विश्वकपमा श्रीलंकालाई पराजित गर्दै पाकिस्तानले विश्वकप जितेको थियो । त्यसअघि २००७ को विश्वकपमा पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको थियो । २००९ पछि पाकिस्तान पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।


सम्बन्धित खबरहरु