आज: 

स्थानीय तहको निर्वाचन : एक अर्ब ५० करोड फिर्ता

ओके खबर २१ असार २०७९, मंगलवार ०८:२५ मा प्रकाशित ( महिना अघि) ८३ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।

आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपैयाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए ।

आयोगले स्थानीय निर्वाचनको लागि मन्त्रालय समक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो ।
-गोरखापत्र दैनिकबाट


सम्बन्धित खबरहरु