भारतले दियो नेपाललाई ७५ एम्बुलेन्स र १७ स्कुल बस उपहार

ओकेखबर संवाददाता २० असार २०७९, सोमबार ०७:४८ मा प्रकाशित ( साल अघि) ३२३ पाठक संख्या

काठमाडौं । भारतले नेपालका विभिन्न संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान गरेको हो ।

यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई चाबी प्रदान गरे ।


सम्बन्धित खबरहरु