तीनदिनको मौसम पूर्वानुमान : वर्षादेखि हिमपातसम्म

ओकेखबर संवाददाता १४ कार्तिक २०७८, आईतवार ०९:२२ मा प्रकाशित ( साल अघि) १६५ पाठक संख्या

काठमाडौं । अहिले देशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


सम्बन्धित खबरहरु