तिमीले नचिनेर के भो र ?

ओकेखबर संवाददाता १३ कार्तिक २०७८, शनिबार १४:१० मा प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

तिमीले नचिनेर के भो र
मलाइ
यो धर्तीले चिनेकै छ,
यो माटोले चिनेकै छ,
यी धुलाका कण कणले चिनेकै छन् ।
म आमाको शरिर च्यातेर
पहिलो पटक
यै धर्ती हामफालेको थिएँ,
यै माटोमा लत्पतिएको थिएँ,
यै धुलोमा लाडिबुढी खेलेको थिएँ ।
तिमीले नचिनेर के भो र ?

मलाइ,
यी खोलाहरुले चिनेकै छन्,
यी झरनाहरुले चिनेकै छन्,
यी छहराहरुले चिनेकै छन् ।
मैले पहिलो पटक यीनै खोलाहरु नुवाएको थिएँ,
छहराको धुनमा रमाएको थिएँ,
झरनाहरुको सँगितमा च्यार्र गरेको थिएँ ।
तिमीले नचिनेर के भो र ?

मलाइ,
यी हिमालहरुले चिनेकै छन्,
यी पहाडहरुले चिनेकै छन् ,
यी लेक वेसिहरुले चिनेकै छन् ।
मेरा आँखाहरु यीनै हिमालहरुलाइ देखेर लोलाएका थिएँ,
यिनै पहाडहरुलाइ देखेर टोलाएका थिएँ,
यिनै लेकवेसीमा रमाएको थिएँ।।
तिमीले नचिनेर के भो र

मलाइ,
यी देउराली चिनेकै छन्,
यी उकालीहरु चिनेकै छन्,
भञ्याङ अनि चैतारीहरुले चिनेका छन्
यी गोरेटोहरुले चिनेकै छन् ,
यी गल्लीहरुले चिनेकै छन् ,
यी उकाली अरालीहरुले चिनेकै छन् ।
मैले यी देउराली पाती चढाएको थिएँ,
भञ्जाङ चौतारीहरुमा सुस्केरा हालेको थिएँ ।
यी गोरेटो यी गल्लीहरुबाट
जीवनको पहिलो पाइलाहरु चालेको थिएँ ।
तिमीले नचिनेर के भो र
यो अकाशले चिनेकै छ
यो सृष्टिले चिनेकै छ ।


सम्बन्धित खबरहरु