फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ, कुनमा कति ?

ओकेखबर संवाददाता १२ कार्तिक २०७८, शुक्रबार २२:५१ मा प्रकाशित ( साल अघि) ३१० पाठक संख्या

काठमाडौं । इन्धनको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले आज रातीबाट लागु हुनेगरि खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मुल्य बढाएको हो ।

सबैप्रकारको इन्धनको नयाँ मुल्य सुची अनुसार पेट्रोलमा ३ रुपैयाँ वृद्धि गरी नयाँ मुल्य १३३ रुपैयाँ कायम भएको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको निगमले जनाएको छ ।त्यसैगरी आन्तरिक तथा बाहृय हवाई ईन्धनमा प्रतिलिटर १० ले बढेर प्रतिलिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर पुगेको छ ।

खाना पकाउने ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँलेले वृद्धि भई १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम भएको निगमले जानकारी दिएको छ ।

आयल निगमले आज एक विज्ञप्ति जारी गदै पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको जनाएको छ ।नयाँ ‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४६१.२२ घाटा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित खबरहरु