उपत्यकामा तापक्रम घट्यो, यस्तो छ तीन दिनको मौसम अनुमान

ओकेखबर संवाददाता ११ कार्तिक २०७८, बिहीबार ०८:२६ मा प्रकाशित ( साल अघि) १०० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै जान थालेको छ । मंगलबार र बुधबारको तुलनामा आज तापक्रम कम भएसँगै चिसो महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार १२ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो ।

काठमाडौँमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । ‘अब रातको समयमा आकाश खुला हुने र शीत पर्ने हुँदा चिसो बढ्दै जान्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘मौसम खुल्दा तापक्रम घट्छ भने बदली रहँदा सामान्यतया घटबढ हुँदैन ।’

आज देशभर आंशिक बदली रहेपनि वर्षाको सम्भावना भने छैन । ‘पानी पार्ने उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । स्थानीय वायुको प्रभाव रहेकाले यो पानी पर्न लागेपछि आफैँ हराएर पनि जान्छ,’ उनले भनिन् ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसो: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

शुक्रबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार

सम्बन्धित खबरहरु