नारी

अन्जना अधिकारी १२ भाद्र २०७८, शनिबार ०८:०२ मा प्रकाशित ( साल अघि) २८४ पाठक संख्या

ऊ हाँसेकी छे
हावामा प्रीत गाँसेकी छे

आफू हैन अरुलाई फूलाउन
गमला बन्दै
पलपल मलजल गर्दै
मीठो किरण सङ्ग ढलपल गर्दै

हाँसिरहन्छे नारी
तस्बिर आगनको कोर्दै
जवर्जस्ती रस निचोर्दै
त्यागले चट्टान फोर्दै
शून्य आकाश झैं
डोको नाम्लो माथी
भविष्य राखेर
लम्किरहन्छे नारी

त्यागले संसार सजाउछे
मीठो मर्मस्पर्शी गीत गाउछे
प्रत्येक चित्र आफूभित्र सजाउछे
मायाले जगत बिम्बित गराउछे
सत्य र क्रोधमा
महाकाली बनाउछे
एक सर्को धागो र
एक गाँस भातसङ्ग रमाउछे
सायद उहि हो

प्रकृति ले कोरिएकी
जङ्गल झैं एकनाश घोरिएकी
अस्तित्व कि एक कहानी
पूर्ण मान्छेकी एक बिहानी
उराठ लाई शितल मा बदल्दै
परिवेश मा ढल्दै
बिस्तिर्ण परिवेश मा
फैलिरहेकी
नारी

पूर्ण चन्द्र लजाउछ
स्पन्दन सबै छुन आउँछ
किटपतङ्ग उस्कै लागि बाजा बजाउछ
उहि हो सहस्र धाराकी ममता
अनवरत फैलिरहेकि लता
प्रत्येक कण कण कि समता
बहुलाभावले निर्धक्क
हुन खोज्दै हुन्छे…..
नारी


सम्बन्धित खबरहरु