बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा बन्द

ओकेखबर संवाददाता ११ भाद्र २०७८, शुक्रबार ०८:१६ मा प्रकाशित ( साल अघि) १४४ पाठक संख्या

काठमाडौं । निरन्तरको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाएको छ ।

डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा बन्द भएको छ । बिहीबार राति करिब ९ बजे डाइभर्सन बाढीले बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले बताए ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग बन्द भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् ।

यतै वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएका छन् ।


सम्बन्धित खबरहरु