दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल

ओकेखबर संवाददाता १ जेष्ठ २०७८, शनिबार १७:४८ मा प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

एजेन्सी। भारतको दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन् । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो ।

चार दिन अघि पाँच सय आईसीयू बेड तयार गरिएको थियो । जसमा उनका अनुसार २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

दिल्लीमा पछिल्ला केहि दिन यता कोरोना संक्रमण दर घट्दै गएको छ । मुख्यमन्त्री केजरीवालका अनुसार पछिल्लो २४ घण्टामा साढे ६ हजारमा मात्रै संक्रमण पुष्टी भएको छ । अघिल्लो दिन साढे ८ हजार संक्रमित थपिएका थिए । ११ प्रतिशतले संक्रमण दर घटेको उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु