धादिङमा थपिए कोरोनाका १५ संक्रमित

बाबुराम श्रेष्ठ २३ बैशाख २०७८, बिहीबार १९:५७ मा प्रकाशित ( साल अघि) ४८९ पाठक संख्या

धादिङ । पछिल्लो २४ घण्टामा धादिङमा बिहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप पुष्टि हुनेहरुमा गल्छि गाउँपालिकाका मात्रै १५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगै जिल्लामा सक्रिय केशको संख्या ५ सय ११ पुगेको छ ।

संक्रमित मध्ये ३ सय ५८ जना जिल्ला भित्र र १ सय ५३ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् ।

यस्तै जिल्ला भित्र होम आइसोलेसनमा रहनेको संख्या ३२५ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा ३३ जना रहेका छन् भने जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १४६ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ७ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ७६ पुगेको छ ।


सम्बन्धित खबरहरु