प्रेस युनियन धादिङद्धारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

ओकेखबर संवाददाता २३ बैशाख २०७८, बिहीबार १७:१८ मा प्रकाशित ( साल अघि) ३४४ पाठक संख्या

धादिङ । कोराना संक्रमणको जोखिम कम गर्न धादिङमा क्रियाशील पत्रकारहरुका लागि प्रेस युनियन धादिङले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा बढिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण धादिङ जिल्लामा पनि फैलिन थालेको र नियमित रिपोर्टिङमा हिड्ने पत्रकारहरु जोखिममा रहने भएकाले जोखिम कम गर्न आधारभूत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिनु भएको छ ।
दैनिक संचारमाध्ययमा कार्यरत युनियनका पत्रकारहरुको लागि मास्क, स्यानिटाइजर झोला सहित सामाग्री वितरण गरिएको हो । अघिल्लो चरणको कोरानाको महामारीका बेला पनि प्रेस युनियनले जिल्लाका क्रियाशिल संचारकर्मीहरुको लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामाग्री वितरण गरेको थियो ।
जोखिमपुर्ण अवस्थामा रिपोटिङमा जानुपर्ने परिस्थितिका वीच सवै सामाग्रीहरु एकैठाउँमा राख्न मिल्ने झोला सहित स्वास्थ्य सुरक्षाका सामानहरु यस वर्ष वितरण गरिएको युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए ।
यसअघि प्रेस युनियन धादिङले बुधवार एक विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमका वीच दैनिक समाचार संकलनमा हिड्ने पत्रकारहरुको पेशागत र स्वास्थ्य सुरक्षामा चासो देखाउदै संचारमाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।
संचारगृहले पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड १९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएको भन्दै यसपटक त्यस्ता क्रियाकलाप नगर्नहुन सबै सम्बन्धित पक्षलाइ युनियन धादिङले आग्रह गरेको छ ।

धादिङ । कोराना संक्रमणको जोखिम कम गर्न धादिङमा क्रियाशील पत्रकारहरुका लागि प्रेस युनियन धादिङले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा बढिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण धादिङ जिल्लामा पनि फैलिन थालेको र नियमित रिपोर्टिङमा हिड्ने पत्रकारहरु जोखिममा रहने भएकाले जोखिम कम गर्न आधारभूत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

दैनिक संचारमाध्ययमा कार्यरत युनियनका पत्रकारहरुको लागि मास्क, स्यानिटाइजर झोला सहित सामाग्री वितरण गरिएको हो । अघिल्लो चरणको कोरानाको महामारीका बेला पनि प्रेस युनियनले जिल्लाका क्रियाशिल संचारकर्मीहरुको लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामाग्री वितरण गरेको थियो ।

जोखिमपुर्ण अवस्थामा रिपोटिङमा जानुपर्ने परिस्थितिका वीच सवै सामाग्रीहरु एकैठाउँमा राख्न मिल्ने झोला सहित स्वास्थ्य सुरक्षाका सामानहरु यस वर्ष वितरण गरिएको युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए ।

यसअघि प्रेस युनियन धादिङले बुधवार एक विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमका वीच दैनिक समाचार संकलनमा हिड्ने पत्रकारहरुको पेशागत र स्वास्थ्य सुरक्षामा चासो देखाउदै संचारमाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।
संचारगृहले पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड १९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएको भन्दै यसपटक त्यस्ता क्रियाकलाप नगर्नहुन सबै सम्बन्धित पक्षलाइ युनियन धादिङले आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु