मालीकि महिलाले जन्माइन् एकैपटक ९ सन्तान

ओकेखबर संवाददाता २३ बैशाख २०७८, बिहीबार १२:२८ मा प्रकाशित ( साल अघि) ७५५ पाठक संख्या

काठमाडौं । अफ्रिकी देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन् ।

पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ ।

२५ वर्षकी हालिमा सिसेले पाँच छोरी र चार छोरा जन्मिएकी हुन् । उनीका पतिले आफू धेरै खुसी रहेको बताएका छन् । उनले भनेका छन् : “मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु।’

माली सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने भन्दै मोरोक्को पठाएको थियो । पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्याएको थियो ।

दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ ।

मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो ।


सम्बन्धित खबरहरु