अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

ओकेखबर संवाददाता १० चैत्र २०७७, मंगलवार १०:११ मा प्रकाशित ( साल अघि) २५१ पाठक संख्या

काठमाडौं । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए ।

बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । हेरोल्डका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्ति पनि घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

घटना स्थानीय समयअनुसार दिउँसो दुई बजेतिर भएको हो ।


सम्बन्धित खबरहरु