अफगानिस्तानमा सरकारी कारबाहीमा ३४ लडाकु मारिए

ओकेखबर संवाददाता ५ चैत्र २०७७, बिहीबार ०७:३० मा प्रकाशित ( साल अघि) ५०९ पाठक संख्या

एजेन्सी । अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीका क्रममा थप ३४ लडाकुको मृत्यु भएको छ।

तालिबान लडाकूविरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। लडाकू विमानसमेत परिचालन गरेर अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा सुरक्षा कारबाही चलाइएको थियो।

सुरक्षा कारबाहीका क्रममा अरू नौ जना लडाकु घाइते भएका मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन्।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


सम्बन्धित खबरहरु