बागमती गोल्डकप फुटबल चैत १३ देखि

ओकेखबर संवाददाता २ चैत्र २०७७, सोमबार ०८:०२ मा प्रकाशित ( साल अघि) ३२७ पाठक संख्या

मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । गोल्डकपको चौथो संस्करण चैत १३ गते देखि २२ गतेसम्म हुने भएको छ ।

बागमती खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगितामा समितिका अध्यक्ष भिम बहादुर राइले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता प्रथम हुने टिमलाई आठ लाख र दोस्रो हुने टिमलाई चार लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए ।

चैत १३ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ७७ लाख ४५ हजार रुपैंया खर्च हुने उनले बताए ।

ए डिभिजन र मोफसलका टिमसहित १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष राईले बताए ।

प्रतियोगितामा ए पि एफ क्लब काठमाडौ,नेपाल पुलिस क्लब काठमाडौ, च्यासल युवा क्लब ललितपुर,संकटा युवा क्लब काठमाडौ, जाउलाखेल युवा क्लब ललितपुर, मछिनन्द्र क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही , नव जनता जागृती युवा क्लब सिमरा, थ्री स्टार युवा क्लब काठमाडौ, हेटौंडा ११ हेटौंडा सहभागी हुन सक्ने आयोजकले बताएको छ ।

तेस्रो बागमती गोल्ड कपको उपाधी दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधि हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।


सम्बन्धित खबरहरु