राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

ओकेखबर संवाददाता २६ फाल्गुन २०७७, बुधबार ०९:१२ मा प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकको इतिहासमा पहिलोपटक डेपुटी गभर्नरमा महिला नियुक्त गरिएको हो। ढुंगाना राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छिन् । मिश्र भने विदेशी विनिमय विभागका कार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिएको थियो ।

यसअघि डेपुटी गभर्नरको लागि चार जना सिफारिसमा परेका थिए। यसअघि गभर्नर डा. युवराज खतिवडाको पालामा पनि १३ औं स्थानका महाप्रसाद अधिकारी डेपुटी गभर्नर नियुक्त भएका थिए ।


सम्बन्धित खबरहरु