यस्ताे छ झम्टा नाचकाे महत्व (भिडियाेसहित)

सरस्वती श्रेष्ठ ११ फाल्गुन २०७७, मंगलवार ०९:२४ मा प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

चितवन । थारु समुदायमा विशिष्ट सांस्कृतिक तथा मौलिक पहिचान बोकेको संस्कृति मध्येको एक हो झम्टा नाच ।

झमटा नाच र यसको गितमा प्राय धार्मिक कुराहरु लगायत सुखदुःखका गाथा पाइन्छ । यसमा थारु महिलाहरु १५–२० जनाको समूहमा गोलो रुपमा उभिन्छन् र परम्परागत पहिरन कालो ब्लाउज र सेतो साडी तथा परम्परागत गहना कन्सेरी, सिरबन्दि, कन्सि, हसुली, चन्द्रहार, रुपैठी, माठा, चकटी, बाजू, बहूट्टा, गुडुला, करधन इत्यादी चाँदीको श्रृंगार गरेर नाच्ने गरिन्छ । यसमा एकै किसिमले खुट्टाको ताल तथा हातले ताली बजाउँदै नाच्ने गरिन्छ ।

झमटा नाँच थारु गाउँहरुमा विभिन्न कार्यक्रमका रुपमा सञ्चालन हुने गरेको छ । विभिन्न थारु महोत्सवहरुमा पनि सँस्कृति संरक्षण र मौलिकता जोगाउने उद्देश्यले यो नाच नाच्ने गरिन्छ ।

पहिला झम्टा नाच नागपञ्चमी देखी सुरु भइ जितिया पर्व सम्म सबैको घरदैलोमा गई थारु पहिरनमा सजिएर परम्परागत किसिमले गीत गाई नाचिने गरिन्थ्यो । देवथानमा आफ्ना कूल देवताको पूजा गरिसकेपछि कूलदेवताको अनुमतिबाट झम्टा नाच सुरु गरिन्छ ।

विशेष गरी नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व, पश्चिम), चितवन र रुपन्देही जिल्लाका ललपुरिया र चितौनिया थारु समुदायमा झम्टा नाचको प्रचलन रहेको पाइन्छ ।

झम्टा नाच, ठेकरा नाच, लाठी नाच, झुमरा नाच, डम्फू नाच, झर्रा नाचका साथै विभिन्न चाडपर्वहरु थारु समुदायका मौलिक पहिचान हुन् ।

 भिडियाे हेर्नुहाेस्


सम्बन्धित खबरहरु