प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच आकस्मिक भेट

ओकेखबर संवाददाता १० फाल्गुन २०७७, सोमबार १६:१३ मा प्रकाशित ( साल अघि) ६०९ पाठक संख्या

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


सम्बन्धित खबरहरु