भारतमा बस दुुर्घटना, २५ जनाको ज्यान गयो

ओकेखबर संवाददाता ४ फाल्गुन २०७७, मंगलवार १३:२२ मा प्रकाशित ( साल अघि) ४६३ पाठक संख्या

एजेन्सी । भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यम भास्करका अनुसार अहिलेसम्म २५ वटा शव नहरबाट बाहिर निकालिएको छ। मृतक संख्या बढ्न सक्ने बताइएको छ।

सातजनालाई भने जीवितै उद्धार गरिएको छ। बसमा ५४ यात्रु थिए। बसलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

दुर्घटना रिवा–सीधी सीमास्थित छुहियाघाटीमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बस खसेको नहर वाणसागर परियोजनाको हो।

प्रहरीका अनुसार बसको क्षमता ३२ जना यात्रु बोक्ने हो। तर, ५४ यात्रु बोकेको थियो। साथै सीधीबाट सतना जानुपर्ने बस जामका कारण चालकले रुट परिवर्तन गरेका थिए।

नहरको किनारै–किनार बस लैजान लाग्दा चालकले सन्तुलन गुमाएपछि बस नहरमा खसेको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्।


सम्बन्धित खबरहरु