आज:
काठमाडौं । गायक सनुप पौडेलको स्वर रहेको ‘गहिरो थियो मेरो माया’को भिडियो सार्वजनिक भएको छ । अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतमा चन्द सिंहको एरेन्ज छ ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारीको अभिनय तथा निर्देशन रहेको भिडियोमा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ ।
अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा निरञ्जन प्रधानको डिओपी, स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलर करेक्सन रहेको छ ।