एसईईको रजिष्ट्रेशन फारम खुल्यो

ओकेखबर संवाददाता १५ पुष २०७७, बुधबार १२:११ मा प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षामा सहभागी हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुला गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले बिहीबारदेखि आगामी माघ २१ गतेसम्म आवेदन फारम भरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरूले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिल एवं अन्य आवश्यक कागजात सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरूका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आगामी वर्ष परीक्षा दिनका लागि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

सम्बन्धित विद्यालयहरूले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ ।


सम्बन्धित खबरहरु