फिलिपिन्समा ६‍.३ म्याग्नीच्यूडको भूकम्प

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार १३:१४ मा प्रकाशित ( साल अघि) २४६ पाठक संख्या

एजेन्सी । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७:४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।


सम्बन्धित खबरहरु