आजदेखि खुलाइँदै फिल्महल, चल्नेछ यी दुई फिल्म

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार ०६:५२ मा प्रकाशित ( साल अघि) ४९१ पाठक संख्या

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द फिल्महल आजदेखि खुलाइँदै छ।

सरकारले अनुमति दिइनसकेको भए पनि नेपाल चलचित्र संघले सिनेमाघर खुलाउने निर्णय गरेको हो।

आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ।

अन्य सबै व्यवसाय खोलिए पनि आफूहरूको व्यवसाय खुलाउन सरकारले बेवास्ता गरेको भन्दै हल व्यवसायीले दबाबस्वरूप फिल्महल सञ्चालन गर्न लागेका हुन्।

त्यसका लागि उनीहरूले हिजै (बिहीबार) आफ्ना फिल्महल सरसफाइ गरेका छन्।


सम्बन्धित खबरहरु